Categories हाइलाइट-समाचार

सिंहदरबारमा पीएसओको पेस्तोलबाट गोली चल्यो

Advertisement

काठमान्डौं । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ। बुधबार सिंहदरबारमा दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो । 

महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो । 

Advertisement

पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भने भएन । प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *