Categories राजनीति समाचार

तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन, अन्तर कलहले अन्तिम समय तय

वीरगञ्ज । वी.पी. कोइरालाको मुल प्रेरणाबाट स्थापित नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ। नेपाली कांग्रेसका युवा नेताको सहभागीतामा वीरगञ्जको घंटाघर स्थित अन्तिम समयमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

पर्सा जिल्लामा तरुण दल नेतृत्व बिहिन, नेबि सघं बिबादित,महिला सङ बिबादित रहेको अवस्थामा अन्तिम समयमा आएर नेबि संघका पुर्व जिल्ला सभापति पुर्व स्वबियु सचिव राकेश यादवले कहि कतैबाट तरुण दलको कुनै कार्यक्रम जानकारी नाअएपछि हामी केही साथीहरू कुरा गर्दै गर्दा राकेश दाइले एक घण्टामै स्थापना दिवस मनाउने भनी अवहान गर्नु भो सोही अनुसार हामी तयारी गर्यो एक युवा नेताले बताए ।

Advertisement

नेपाल तरुण दल पर्सा नेतृत्व बिहिन भएको आज ४ बर्ष हुन लाग्यो तर पार्टीको नेता र केन्द्रिय तरुण दलका कार्य समिति पनि ४ जनाले मात्रै चलाएको अवस्थामा राकेश यादव आफ्नो नेतृत्वमा कार्यक्रम गर्नु एक दम सराहनीय रहेको एक जिल्ला स्तरिय नेताले जोडे ।

Advertisement

कांग्रेसमा काम गर्नेलाई कागजमा लेखेर दिएको जिम्मेवारीले मात्र हुदैन गर्ने आट पनि हुनुपर्छ आज राकेश यादवले गरेर देखाए पार्टीको भातृ संस्था र सुवेक्छुक संस्थाहरु बिबादमा अल्झेर कार्यकर्ता चलायामान हुने कुनै कार्यक्रम छैन यस्तोमा कोहि न कोहि आगाडी आउनै पर्ने एक बिध्यार्थी नेताले सुनाए।

भोली बिहान ८:३० बजे नारायणी अस्पतालमा फलफुल वितरण कार्यक्रम रहेको युवा नेता यादवले बताउनु भयो ।

आयोजित कार्यक्रममा कांग्रेस युवा नेता दिलिप राज कार्की,ठाराब इकाई अध्यक्ष मनोज साह,तरुण बिभागका दिपक गुप्ता,विद्यार्थी नेताहरू बबुन्न्द पटेल,शैलेश यादव लगायतकाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *