Categories समाचार

वडाध्यक्ष अंसारीलाई फसाईएको भन्दै वीरगंजमा जसपाको प्रदर्शन, सिडिओलाई ज्ञापन

पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष तुफान फारुक अंसारीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गरेको मुद्दा बिरुद्ध वीरगंजमा प्रदर्शन भएको छ । वीरगंजको मूर्लिस्थित शंकास्पद मृत्यु भएकी युवतीको शव गोप्य रुपमा गाड्न लागेको घटनामा वडाध्यक्ष अंसारीको नाम मुचिएपछि बिहीबार जनता समाजवादी पार्टी वीरगंज महानगर कमिटिले पर्सा प्रहरीको बिरुद्धमा प्रदर्शन गरेको हो ।

जसपा वीरगंज महानगर कमिटि अध्यक्ष इश्वरचन्द्र यादवको अध्यक्षतामा भएको प्रदर्शनमा सहभागिहरुले वडाध्यक्षको छबीलाई नै आघात पुयाउने उदेश्यले सुनियोजित तरिकाले वडाध्यक्ष अंसारीमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

Advertisement

महानगर कमिटि अध्यक्ष यादवले एक प्रृेस बिज्ञपति पनि जारी गर्दै प्रहरीले घटनामा संलगन देखिएका दोषि बारे निश्पक्ष अनुशन्धान गर्न सक्ने उल्लेख गरेका छन्। बिज्ञपतिमा भनिएको छ, ‘निश्पक्ष अनुशन्धानको लागि जसपा नेपाल मार्ग प्रसस्त गर्न सदैव तयार छ, तर, पूर्वाग्रहपूर्ण, अव्यवहारिक, र राजनीतिक प्रतिशोधपूर्ण भावनाबाट प्रेरित प्रहरीको अनुशन्धान प्रकृया आफूहरुलाई कदापी मान्य हुने छैन ।’’

Advertisement

प्रहरीको यस्तो कार्यले जननिर्वाचित पदलाई आघात पुर्याउने हुँदा पर्सा प्रहरीको कार्यशैलीप्रति आफूहरु घोर आपती जनाउदै निश्पक्ष तरिकाले घटनाको सत्य तथ्य छानबिन गरी न्याय जनमुखि बनाउने महानगर कमिटि अध्यक्ष यादवको भनाई छ ।

वीरगंजको मूर्लिबाट निस्केको बिरोध रयाली वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर घडिअर्वा र घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *