Categories विदेश समाचार

आर्यन खान धरौटीमा रिहा

Advertisement

काठमाडौं– क्रुज ड्रग केसमा भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट जमानतमा छाड्ने फैसला गरेको हो।

Advertisement

बिहीबार दिउँसो ३ बजे सुरु भएको सुनुवाइपछि उच्च अदालतले आर्यनलाई हाललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रिहाइका लागि गरिएको निवेदन अदालतले अस्वीकार गरेको थियो।

Advertisement

आर्यनलाई भारतको राष्ट्रिय लागु औषध अनुसन्धान ब्यूरोले ३ अक्टोबरमा एक जहाजबाट पक्राउ गरेको थियो। आर्यनसँगै अन्य केहीलाई लागु औषधको प्रयोग तथा कारोबार गरेको आरोपमा पक्राउ गरिएको थियो। हाललाई आर्यनले रिहाइ पाए पनि उनीसँगै पक्राउ परेका अर्का अभियुक्त अरबाज मर्चेन्ट र मुनमुन धमीचा भने थुनामै छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *