Categories अर्थ समाचार

श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय भवनको उद्घाटन समारोह सम्पन्न

श्याम सर्राफ

पर्सा । श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड श्रीपुर वीरगंज स्थित नव निर्मित प्रधान कार्यालय भवनको उद्घाटन समारोह सम्पन्न भएको छ।

Advertisement

संस्थाका अध्यक्ष श्री अशोक कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं २ का मन्त्री ओमप्रकाश शर्मा ,बिशिष्ठ अतिथिका रुपमा विभिन्न राजनीति दलका जिल्ला अध्यक्ष क्रमश: बालगोपाल थापा, प्रभु हजरा, रामनरेश यादव ल्गायतको उपस्थिति रहेको थियो ।

Advertisement

संस्थाका अध्यक्ष अग्रवालले कार्यक्रममा स्वागत मन्तव्य सहित पहिलो त्रैमासिक आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो तथा समापन मन्तव्य निवर्तमान अध्यक्ष गणेश लाठले दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका महासचिव निरज अग्रवाल, संचालक समितिका सदस्य प्रदीप केडिया, छटु खेतान, शुसिल मितल, नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक बैध, वरिष्ठ पत्रकार चन्द्र किशोर झा, विभिन्न वाणिज्य बैंकहरूका प्रदेश प्रबन्धक तथा शाखा प्रबन्धक, आर्थिक कारोबार गर्दै आएका ग्राहकवर्ग का साथै संस्थाका सिईयो कलिमुल्लाह अंसारीका साथै कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *