Categories समाचार

अवैध चाँदीका गर गहनासहित पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले अवैध चाँदीका गर गहनासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना पछी सोनार पक्राउ परेका हुन ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले बिहिबार विहान १२:४५ बजे जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.१७ अलौ सिर्सियामा भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको BR22AC 4099 नम्बरको पल्सर मोटरसाइकलमा सवार सोनारलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १ का ३९ वर्षिय रामबाबु साह सोनार रहेका छन ।

Advertisement

सोनार लाई रोकी तलासी लिँदा निजले बोकेको रातो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.०४५ ग्राम फेला परेकोले उनलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *