Rato Pana
समाचार

निःशुल्क आँखा तथा दात शिविर सम्पन्न

पर्सा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत र इलाका प्रहरी कार्यालय प्रसौनीको आयोजनामा आज निःशुल्क आँखा तथा दात शिविर सम्पन्न भएको छ ।

शिविरमा महिला र पुरुषगरी १२० जनाको आँखा तथा दात चेकजाच गरिएकोमा त्यसमध्ये ५३ जनालाई मोतियाबिन्दु भएको र तिनीहरूको निःशुल्क अपरेसन गर्ने समुदायिक आँखा अस्पताल वीरगञ्जका चिकिस्तक डाक्टर महेश सिंह धामीले जानकारी दिनुभयो ।

शिविरका प्रमुख अतिथी बारा जिल्लाका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले यस्तो सराहनीय कर्यहरेकीमा धन्यवाद दिनुभएको थियो । वहाले इलाका प्रहरी कार्यालय प्रसौनीले यहाको स्थनियाहरूको मन जित्दै अगाडि बढ्दै गरेको र आउने दिनहरुमा यस्तै किसिमका लोकप्रिय कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी विशिष्ठ अथिति नेपाली कांग्रेस तरुण दलका बारा अध्यक्ष लोकेश सिंहले प्रहरी संगठनले निकै नै सराहनीय कार्य गरेको खुशी व्यक्त गर्नुभयो । वहाले यस कार्यले आम जन्ता र प्रहरीबीच सुमधुर सम्बन्ध कायम भएको र स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता हासिल गरेकी बताउनु भयो ।

शिविरमा बारा जिल्लाका डीएसपी गौतम मिश्र, प्रहरी संगठनका कर्मचारी, चिकित्सकको टोलीमा महेश सिंह धामी, प्रियंका साह, सञ्चारकर्मी राम सराफ, आस महमद, लगायतहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment