वीरगञ्ज । सोनार यूवा अभियान द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । तराई मधेशको महान पर्वको रुपमा मनाईने दिपावली तथा छठ पर्वको उपल्क्षमा कार्यक्रमको आयोजना भएको हो ।
सोनार यूवा अभियानले विगतको दिनहरुमा समाजिक कार्यहरु जस्तै जाडोको बेला गरिबहरुलाइ न्यानोकपडा वितरण संगै मठमंदिर छठघाट तथा बिरगंज को मुटुमा रहेको घन्टाघर सरसफाइ कोभिड १९ का कारण लकडाउनको बेला गरिब दैनिक मजदुर लगाएतकाहरु लाई नि :शुल्क खाना खुवाउने जस्ता कर्यहरु गर्दै आएको छ ।
अभियानका अध्यक्ष राजकुमार सरार्फको सभापतित्वमा भएको चियापान कार्यक्रमका प्रमुख अतिथि पर्सा सुनचाँदी ब्यवासायि संघका अध्यक्ष भुलन साह सोनार विशिष्ट अतिथि बि म न पा वडा न ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, ओम प्रकाश सरार्फ, भोला साह सोनार, भरत सरार्फ, शम्भु साह सोनार, धर्मनाथ साह सोनार, सतेन्द्र साह सोनार, अनिल साह सोनार, प्रमोद सरार्फ, राधेश्याम सरार्फ, कौशल सरार्फ रामबालक सर्राफ रहनु भएको थियो ।
वीरगञ्ज रानिघाटमा रहेको सोनार धर्मशालामा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य विकी सर्राफले र कार्यक्रम संचालन अभियानका कन्हैया सर्राफले गर्नु भएको हो ।
आफ्ना मनत्वय राख्दै अभियानका अध्यक्ष सर्राफले विभिन्न पेशामा लागेका युवाहरूको साझा समुह बनाई समाजमा रहेका हरेक नकारात्मक तत्वलाई अनत्य गर्ने र सकारात्मक पक्षलाई साथ सहयोग गरि राम्रो समाज निर्माण गर्ने आफुहरू लागेको बताउनु भयो ।
सो कार्यक्रममा सोनालाल सरार्फ ,रमेश सरार्फ ,हरि ओम, सुमन, प्रभु, संदीप, प्रविन, ओम ठाकुर, जयपाल, विवेक आदित्य, सतपाल, सुमित ,राहुल ,कृष्णा, मुन्ना लगायत युवा, बुद्धिजीवीको सहभागीता रहेको थियो ।






