Categories समाचार

तिलावे पुल निर्माणका लागी प्रजिअ र निर्देशनालयलाई ज्ञापन पत्र

Advertisement

वीरगंज । तिलावे पुल निर्माण दबाब समूहले आज पर्साका प्रमुख जिल्ला अधिकारि उमेश ढकाल र हुलाकी सडक निर्माण निर्देशनालय बिरगंजमा  ज्ञापन पत्र बुझाएको छ ।  

बिभिन्न दलमा आवद्ध युवा एवं समाजसेवीहरु सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै प्रजिअ ढकालले तत्काल डाइभर्सन बनाउने र निर्माण कार्य अगाडि बढाउन निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेको दवाब समुहका नेता राकेश यादवले जानकारी दिनुभयो ।

Advertisement

यसैगरी हुलाकी निर्देशनालयले पुलको जिम्मा पप्पु र लुम्बिनी कै भएको र यिनिहरु दुबै जिम्मेवार हुन अर्को तिर यदि पप्पु र लुम्बिनीको आपसी झगडा हो भने त्यो हाम्रो सरोकारको बिषय होइन तसर्थ उनिहरुको आर्थिक लेनदेनमा कुनै फरक भए हाम्रो जिम्मेवारी होइन तर निशकर्शमा तिलावे पुल बनाउनेतर्फ जिम्मेवार कम्पनी एक दुई तीन पप्पु लुम्बिनी जेभी नै रहेको नेता यादवले बताए ।

Advertisement

समुहले पुल निर्माण गर्न हिजो तिलावे पुलमा धर्ना प्रर्दशन गरेको थियो भने आज बिहान घण्टाघरमा हस्ताक्षर अभियान संचालन गरेको थियो । 

समुहले ७ दिने कार्यवाहीको सूचना गरेपनी ठेकेदार सम्पर्कमा नआएकोले अब हामी अर्को प्रक्रिया अख्तियार गर्छौ त्यस पछि हामी प्रहरीमा खोजी चिठी काटने छौ समेत नेता यादवले बताउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *