Categories धर्म/संस्कृति

ग्रिन सिटी सामुदायिक सेवा द्वारा रमाईलो साझ आयोजना हुदै ।

पर्सा । दशैं बिते संगै तराई मधेशमा तिहार (दिपावली) को रौनक सुरु हुन्छ। वीरगंज पर्साको सदरमुकाम भएकोले तिहार अगावै झिलिमिली बत्तीहरुले चम्किन थाल्छ । वीरगंजमा तिहारको रौनक बढाउन ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले बितेको केहि वर्ष देखी आदर्शनगरमा कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ।

हरेक वर्षझै यस वर्ष पनी ग्रीन सिटी सामुदायिक प्रहरी सेवाले तिहार तथा छठ पर्वको बधाई साटासाट गर्न रमाइलो साझको आयोजना गर्दै छ। कोभिड १९ का कारण गत २ वर्ष पर्व त्यौहारहरू प्रभावित भएपनी यस वर्ष भने धुमधामका साथ मनाईदै छ।

Advertisement

एक आपसमा भाई चारा बढाउन र वीरगन्जवाशी हरु मनोरञ्जन गराउने उद्देश्यले झिलमिली बत्ती, स्याल्फी स्ट्यान्ड, लाइभ शो , स्ट्रिट फुड र दाइजो उन्मूलन गर्न स्थानिय कलाकारहरु द्वारा जनचेतना मुलक प्रस्तुति समेत राखिएको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी गराउनु भयो ।

Advertisement

अध्यक्ष खेतानले आफ्नो परिवार र इष्ट मित्र सहित यस आयोजनको आनंद लिन् ग्रीन सिटी एरियाको भ्रमण अवलोकन गर्नु हुन् समेत अनुरोध गर्नु भएको छ।

भोली दिपावलीको साझ (विहिवार) बेलुका ६:०० बजे देखि आदर्श नगर चौक देखि भाजुरत्न चोक सम्म विभिन्न किसिमका मनोरंजनका साधनहरू लगाइएको समेत अध्यक्ष खेतानले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *