Categories धर्म/संस्कृति

आज सांझ दिपावली सहित लक्ष्मीपुजा मनाईदै


पर्सा कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिने चलन छ । यमपन्चकको तेस्रो दिन पर्ने लक्ष्मी पुजा आज तराई मधेश लगायत विभिन्न ठाँउमा धुमधामका साथ मनाईदै छ।

Advertisement

घरको सरसफाई गरी मुलढोकामा केराको बोट राखी सबले आफु सक्ने सजावट गरी अबिरले विशेष कलात्मक रंगोली बनाएर झिलिमिली बत्ती र माटोको दियो बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

Advertisement

अध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गदिर्नन् भन्ने मान्यता पनी रहेको छ ।

सबैतिर सफा राखी आँगन , दैलोसङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भयाङ आदि ठाउँमा झिलमिल्ल गरी बत्ती र दियो बालिने हुनाले यस पर्वलाई दीपावली पनि भन्ने गरिन्छ । झिलिमीली पार्न विद्युतीय वत्ति , मैन वत्ति , दियोमा वत्ति तथा पाला र केराका सुत्लामा तेलमा भिजाएको कपासको प्रयोग गरिन्छ ।

गाँउघरमा अहिले पनि आँगन, पिँढीमा गाईको गोबर र माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *