Categories समाचार

सशस्त्र प्रहरी द्वारा पर्सामा २ लाख बराबरको पटाका नष्ट

वीरगञ्ज ।  सशस्त्र प्रहरीले पर्सामा २ लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर तथा मातहतका सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुँइचम्पा, आतिसबाजी, झुरझुरे नष्ट गरिएको हो ।

Advertisement

जिल्लाका विभिन्न सीमा नाकाबाट बरामद गरिएको पटाका, भुँइचम्पा, अतिसबाजी तथा अन्य बिष्फोटक तथा प्रज्वलनशील पदार्थ कार्यलय परिसरमा नष्ट गरिएको १३ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *