Categories राजनीति समाचार

लोसपा पर्सामा समानन्तर अध्यक्ष

वीरगञ्ज । छठ पर्व को शुभ अवसरमा लोकतान्त्रिक समाजबादी पार्टी पोखरिया नगर कार्य समिति द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम फुलवरिया मा सम्पन्न भएको छ।

नगरअध्यक्ष राजु साह तेलिको अध्यक्षता मा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि लोसपा केन्द्रिय कार्यकारणि समिति सदस्य माननिय लक्षमण लाल कर्ण, पोखरिया नगरपालिका का उपमेयर सलमा खातुन,नेता शिव पटेल, रामचन्द्र पडित, अनिरुध कलवार, जिल्ला अध्यक्ष जगदिश पटेल, सचिव श्रीराम जि गिरि,क्षेत्रीय अध्यक्ष जटाशंकर गिरि लगायत ले शुभकामना मन्त्बय ब्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब सय जना लाई अबिर टीका लगाइए पार्टी प्रबेश गराइएको थियो।
लोकतान्त्रिक समाजबादी पार्टी गठन भए पश्चात् पर्सा को अध्यक्षमा पुरुशोतम झा लाई केन्द्र ले नियुक्त गरे पनि आज को कार्यक्रम मा पर्सा को अध्यक्ष भनी जगदिश पटेल लाई सम्बोधन गरिएको थियो। यस बारे कार्यक्रम का सन्चालक पुर्ब जिल्ला सचिव राजेस साह सङ्ग सम्पर्क गर्दा हामी झा लाई स्वीकार नगरेको र चाडै लोसपा को समानान्तर जिल्ला कार्य समिति जदिश पटेल को नेतृत्वमा चयन हुने बताउनु भयो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *