Categories समाचार स्वास्थ्य

स्याङ्जामा थप २९ जनामा एचआइभी सङ्क्रमण

Advertisement

वालिङ : स्याङ्जामा थप २९ जनामा एचआइभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआइभी सङ्क्रमण देखिएको हो ।  

सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए । सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । 

Advertisement

गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताए। एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् । 

Advertisement

‘हालसम्म १५ जनाले एचआइभी एड्सबाट ज्यान गुमाएका छन्,’उनले भने । एचआइभी सङ्क्रमित विस्तारै खुल्न थालेको जिसीले बताए।’ पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थालेका छन्,’उनले भने। जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् । 

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताउनुभयो । “सङ्क्रमितमध्ये १३३ जनाको गह्रौं प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ,’उनले भने । एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *