Categories विदेश हाइलाइट-समाचार

सेरालियनमा इन्धन बोकेको ट्याङकर विष्फोट, १ सय जनाको मृत्यु भएको आशंका

सेरालियन : सेरालियनमा इन्धन बोकेको ट्याङकर विष्फोट भएको छ। ट्याङकर विष्फोटबाट भएको क्षतिको यकिन विवरण आइनसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

घटनामा परी कम्तीमा १ सय जनाको ज्यान गएको हुन सक्ने अलजजीरामा खबर छ।  स्थानीय मेयर र संचामाध्यमहरुले घटनाको पुष्टि गरे तर मानवीय क्षति भएको यकिन संख्या भन्न नसकिने बताएका छन्।

Advertisement

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा जलेका व्यक्तिहरु सडकमा छटपट्याइ रहेका देखिन्थे। ट्याङबाट इन्धन चुहिएर विष्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। अन्नपुर्ण पोस्ट

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *