Categories समाचार हाइलाइट-समाचार

वीरगन्ज नाका साँझ सम्मका लागि सिल

Advertisement

वीरगन्ज । वीरगन्ज स्थित नेपाल भारत सीमा नाका आइतवार बिहान देखि आंशीक रुपमा सिल गरिएको छ ।

भारतका उपराष्ट्रपति बंकैया नायडु , बिहार मोतीहारीको पिपराकोठीमा आएकाले त्यसैलाइ लक्षित गरि भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा वीरगन्ज रक्सौल नाका आइतवार बिहान देखि आंशीक रुपमा मात्रै सील गरिएको हो ।

Advertisement

आइतवार बिहान देखि पैदल यात्रुहरुलाइ भने रक्सौल आउजाउ गर्न दिइएको तर गाडीहरुको आवागमन भने पूर्ण रुपमा रोकिएको छ । नाका आंशीक रुपमा सिल गरिदा छठ पूजाको लागि रक्सौल किनमेल गर्न जानेहरुलाइ सास्ती भएको छ ।

Advertisement

सिमावर्ती भारतीय शहरमा भारतीय उपराष्ट्रपतिको भ्रमण भएकाले सुरक्षाको ख्याल राख्दै भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा आइतवार बिहान देखि अपरान्ह सम्मका लागि मात्रै वीरगन्ज रक्सौल नाका आंशीक सिल गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *