Categories समाचार समाज

जीवन संग आशा मारिसकेका ठाकुर ४ बर्ष पछी भाइटिकामा रमाउदै ।

Advertisement

वीरगंज । केहि समय पहिला मानवसेवा आश्रम विरगंज शाखा द्वारा बारा जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर १८ स्थित बाट एक जनाको उद्धार गरिएको थियो ।

जागेश्वर ठाकुर नाम भएका उनलाई आफ्नै परिवारजनले साङ्लोले बाधेर राखेका थिए । १२ वर्ष अघि ठाकुर एक धेरै नाम चलेका मिस्त्री थिए । उनले गरेको काठको काममा उनको सिपको चर्चा सम्पूर्ण गाउँमा हुने गर्दथ्यो । तर १२ वर्षदेखि उनको मानशिक सन्तुलन बिग्रिएको हुनाले उनी मानिषलाई देख्दा गाली गर्ने मात्रै होइन एक्लै पनि कराई रहन्थे।

Advertisement

परिवारका सदस्यले लगेर उनलाई दिएको खाना कहिले खान्थे त कहिले रिसाएर फाली दिन्थे । मानव सेवा आश्रम वीरगञ्ज पर्साको टिम सामाजिक अभियान्ता प्रकाश थारु र पत्रकार सुरेश बिडारी सहितको टोली त्यहाँ पुगेर उनको फलामको सिकड़ीलाइ हथौडाले काटि बाहिर निकालेर नुहाई धुआइ गराएर, नया कपड लगाइदिएर उद्धार गरेको पनी लगभग मात्र ६ महिना भएको छ ।

Advertisement


आश्रमको नियमित हेरचार र सेयारसुसारले ठाकुर अब आफ्नो काम आफै गर्ने भएका छन । ठाकुर अब कुनै न्या व्यक्ति हेर्दा गाली गर्नुको सट्टा नमस्कार गरेर सम्बोधन समेत गर्छन । र एकलै बस्ने ठाकुर अहिले समुहमा सबै संग मिलेर बस्ने समेत मानव सेवा आश्रम पर्साकी संयोजक सानु मानवसेवाले बताउनु भयो ।

आउने दिनमा मानसिक अवस्था ठिक नभए सम्म र परिवारले उनको जिम्मा नलिए सम्म ठाकुरलाई आश्रममा राखेर उनको उपचार गर्ने मानवसेवा आश्रम प्रदेश नम्बर २ का संयोजक देवेश गुप्ताले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *