Categories विदेश समाचार समाज

दुबई गएर अलपत्र परेका ४ जनालाई नगरप्रमुख साहले गरे उद्धार

Advertisement

रामजी यादव
पर्सा । बहुदरमाई नगरपालिका वडानं ६ गम्हरियाका दुबई गएर अलपत्र परेका ४ जनालाई बहुदरमाई नगर पालिकाका नगरप्रमुख नितेन्द्र साहले उद्वार गरि घर पठाएका छन। केही दिन अगाडी रोजगारको लागि दुबई गाएका बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरियाका संजय हजरा,बिजय हजरा,बिशाल हजरा र अवधकिशोर राम अलपत्र अवस्थामा रहेका थिए।

Advertisement

रौतहट जिल्ला बरहथवाका बिदेश पठाउने एजेंट सुरेन्द्र यादवले बिदेश काम गर्न दुई लाखको दरले हामी चार जना युवासंग दुबईमा पठाएको पिडीत युवा संजय हजराले बताएका छन। एजेंट सुरेन्द्र यादवले ती चार जनालाई ललाई फकाई दुबईमा पुर-याएपछि त्याहा कम्पनीले  १८/१९ घन्टा क्लिनरको काममा लगाई २४ दिन गरेको मजदुरी मध्ये एक रुपैया पनि खानको लागि नदिई बंदक बनाई सोसन गर्दै आएका समेत पिडितले बताए ।

Advertisement

रौतहट जिल्लाको बरहथवाका एजेन्ट सुरेन्द्र यादवले दुबईमा चक्लेट फैक्ट्रीमा काम लगाउछु र दुबईको १३ सयको महिना पाईन्छ भन्दै भिजीट भिसामा पठाई अलपत्र पारेका थिए। बहुदरमाईका नगरप्रमुख साहले केही दिन अगाडी दुबई भ्रमण गएपछि पिडित परिवारजनले सुचना पाए लगतै मेयर नितेन्द्र साह संग सम्पर्क गरेका थिए। भ्रमणको समय पुरा नगरी नगरप्रमुख नितेन्द्र साह र नजदीकका राहुल यादवलाई जिम्मा लगाई दुबईको प्रोसेश र ब्यक्तीगत लगानी गरि केही दिन अगाडी बहुदरमाई नगरपालिका वडानं. २का दुबई गएर अलफत्र परेका ७ जनालाई उद्वार गरि घर पठाएका थिए सोही मध्ये बाँकी दुबईमा अलपत्र परेका ४ जनालाई आज एक कार्यक्रमका बीच नितेन्द्र साहले उद्वार गरि घर पठाएका छन।

Advertisement

बहुदरमाई नगरपालिका वडानं. ४ बहुअरीका रहुल यादव र दुबई बस्दै आएका कलैया बारा नेपालका बिनोद यादवको सहयोग र नगरप्रमुख नितेन्द्र साहको ब्यक्तीगत लगानीमा गम्हरियाका अलपत्र परेका चार जनालाई नगरप्रमुख साहले उद्वार गरि घर सम्म पुर-याएका छन ।पिडीत उद्वार भएका चार जनाले नगरप्रमुख नितेन्द्र साह संग आ-आफ्नो दुखेसो पोखेका थिए।

आउदो दिनमा फेरी नगरपालिका बासीहरुकलाई कुनै समस्या परे जनधनको रक्षाको लागि सधै त्यार रहने नगरप्रमुख नितेन्द्र साहले प्रतिबद्धता गरेका छन र भोलीको आउदो दिन नगरपालिकासंग छर छिमेकका युवाहरु बिदेश जाने जानकारी गराई मात्र जान नगरप्रमुख नितेन्द्र साहले आग्रह गरेका छन सो कार्यक्रम बहुदरमाई नगरपालिका वडानं. ६का वडाध्यक्ष केदारनाथ तिवारीको अध्यक्षत्तामा भएको र प्रमुख अतिथी बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साह,नेपाली काँग्रेसका क्षेत्रीय सभापति गम्भिरा साह, राहुल यादव, राजदेव साह,अनील पटेल,वडानं.२का वडाध्यक्ष जितेन्द्र पटेल,ईम्माम मियाँ, जयनाथ साह,लगायत स्थानियहरुको सहभागिता रहेको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *