Categories समाचार समाज

बिरगंज कारागारमा रहेका महिला कैदिलाई साडि बितरण ।

पर्सा । बिरगंज स्थित बिरगंज कारागारमा रहेका महिला कैदिलाई साडि बितरण गरिएको छ ।

हिन्दुहरुको महान पर्व छठको बेला कारागारमा रहेका महिला बन्दिहरुलाई एक कार्यक्रमका बीच रुङ्ग्टा वेलफेयर सोसाइटी बिरगंजको सौजन्यमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरको सहयोगमा ८३ जना कैदि दिदिबहिनीहरुको लागि ८३ वटा साडि र २ केजिको दरले ८३ जनालाई १६६ केजि पिठो पनि बितरण गरिएको केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो।

Advertisement

पर्साका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा रुङ्ग्टा वेलफेयर सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुङ्ग्टा , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरि , आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हिरा बहादुर बुढाथोकी , बिरगंज कारागारका प्रहरी नायब निरीक्षक खुब नारायण श्रेष्ठ , सामुदायिक सेवा केन्द्र आदर्शनगरका त्रिलोकिचन्द दारुका, ललित कुमार अग्रवाल , चन्द अग्रवाल , राकेश अग्रवाल , कैलाश कुमार , सन्चारकर्मि नेहाल खान , सन्तोषमान रन्जितकार , अजित भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

Advertisement

कार्यक्रम मुकेश खेतानले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *