काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेको एक सर्वेक्षले देखाएको छ । विश्वका शक्तिशाली मुलकहरुका प्रमुखहरुलाई पछि पार्दै मोदी एक नम्बर लोकप्रिय नेता बन्न सफल बनेका हुन् ।
अमेरिकाको द मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा मोदीलाई लोकप्रिय नेता देखाएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ नेता भन्दा पनि लोकप्रिय नेताको रुपमा द मर्निङ कन्सल्टले देखाएको छ ।

विश्वका वयस्क मानिसहरुबीच गरिएको उक्त सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएको उल्लेख गरिएको छ ।
मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर दोस्रो लोकप्रिय नेता बनेका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत रहेको उल्लेख छ । त्यसपछि क्रमस इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा परेका छन् । उनको एप्रोभल रेटिङ ४४ प्रतिशत रहेको छ ।
त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ४३ प्रतिशत र जापानी प्रधानमन्त्री योशिहिदे सुगाले ४२ प्रतिशले एप्रोभल रेटिङ पाएको सर्वेक्षमा छ ।






