Categories समाचार समाज

छठको उपलक्ष्यमा व्रतालुहरुलाई व्यवसायी प्रजापति द्वारा चीनी वितरण

Advertisement

वीरगंज । छठ पर्वको अवसरमा एक व्यवसायीले १ क्विन्टल चीनी वितरण गरेका छन । आज देखि सुरु भएको छठ पर्वको अवसरमा बारा जिल्लाको विश्रामपुर वार्ड नं. ३ मा रहेको जय बजरंग प्लास्टिक उधोगका संचालक युवा व्यवसायी विकीं प्रजापतिले छठ ब्रतालुहरुलाई चीनी वितरण गरेका हुन्  ।

आर्थिक अवस्था कमजोर रहेको ५० बढी घर परिवारलाई पर्वमा केहि सहज होस भन्ने उदेश्यले चिनी वितरण गरेको व्यवसायी प्रजापतिले बताउनु भयो ।

Advertisement

व्यवसायी प्रजापतिले छठ पर्व गर्नाले दुख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएकोमा यस वर्षको छठ पर्वले माता छठिले समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताउनु भयो ।

Advertisement

छठपर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो समाजको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको समेत बताउनु भएको थियो ।

सद्भावको पर्व भनेर चिनिने यस छठ पर्वमा हुनेले नहुनेलाई आफुले सके जती थोरै थोरै सहयोग गर्ने हो भने सबै वर्गका परिवारलाई सहज हुने र सबैले पर्व हर्स हुलासका साथ मनाउने विचार समेत व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *