Categories समाचार समाज

छठको उपलक्ष्यमा व्रतालुहरुलाई वडा अध्यक्ष स्वर्णकार द्वारा साडी वितरण

वीरगंज । छठ पर्वको अवसरमा वडा अध्यक्ष स्वर्णकारले साडी वितरण गरेका छन । आज देखि सुरु भएको छठ पर्वको अवसरमा वी म न पा वार्ड नम्बर ३ का वडा अध्यक्ष वैजु लाल स्वर्णकारले छठ ब्रतालुहरुलाई २०० थान साडी वितरण गरेका हुन्  ।

लोसपाको युवा नेता समेत रहेका वडा अध्यक्ष स्वर्णकारले छठ पर्व गर्नाले दुख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएकोमा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताउनु भयो ।

Advertisement

अध्यक्ष स्वर्णकारले हरेक वर्ष झै यस वर्ष पनी छठ पर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो समाजको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको समेत बताउनु भएको थियो ।

Advertisement

सद्भावको पर्व भनेर चिनिने यस छठ पर्वमा आफु निर्वाचित वडामा आफुले सके जती सहयोग गरि सबै वर्गका परिवारलाई सहज हुने र सबैले पर्व हर्स हुलासका साथ मनाउने विचार समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *