पर्सा । तिलावे पुल बनाउन माग गर्दै वीरगञ्ज स्थित जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिईएको छ ।
पुल बनाउन दवाव दिने उद्देश्यले गठित दवाव समुहले सोमबार प्रशासनमा धर्ना दिएको हो । पर्साको ग्रामीण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने मुख्य नाकामा तिलावे पुल पर्छ । पुरानो फलामे पुल साँघुरो छ । तिलावे पुल छिटोभन्दा छिटो बनाउन माग राखेर दवाव समूहमा आवद्ध युवाहरु संघर्षरत छन् ।

निर्माणको ठेक्का पाएको पप्पु/लुम्बिनी जेभि(जोइन्ट भेन्चर) कम्पनीले ६ वर्षमा पनि पुल नबनाउँदा सर्वसाधारण मर्कामा छन् । धर्नामा सहभागीले तिलावे पुल कहिले बन्छ ? जबले तिलावे पुल बन्नीना तबले आन्दोलन रुकीना । लेखिएको प्लेकार्ड बोकेका थिए ।
तिलावे पुल नबन्दासम्म दवावको कार्यक्रम जारी राख्ने दवाव समुहका अगुवा राकेश यादवले बताए ।
उनीहरूले यसअघि पुल बनाउन माग राख्दै स्थानीय प्रशासन, हुलाकी राजमार्ग आयोजना कार्यालय, पर्साका प्रमुख राजनितिक दललाई ध्याकर्षण, हस्ताक्षर संकलन तथा पुलमा प्रदर्शन समेत गरिसकेका छन् ।






