वीरगंज । सोनार युवा अभियान वीरगगंज पर्साले सिर्सिया नदी को प्रदुषित पानि रोकन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाइ ज्ञापन पत्र बुझाएको छ।
सोनार युवा अभियान समितिले प्रत्येक वर्ष हिन्दु महिला र पुरुष हरुले मनाउने छठ पर्वको लागि नदि सरसफाई, घाट निर्माण, सरसजावट लगायतका कार्यहरु गर्दै आएको व्यहोरा सोनार युवा अभियान का अध्यक्ष राज कुमार सरार्फले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल समक्ष अवगत गराउनु भएको थियो।

यस वर्ष मिति ०७/२४ गते छठ पर्व हुने भएकोले यस समाजका युवाहरु सिर्सिया नदी रानिघाट, छपकैया गमगढवा किनारमा छठ पुजाको घाट निरीक्षण गर्न जादा नदी अतिनै दुर्गन्धित रहेको व्यहोरा समेत सोनार युवा अभियानले पर्सा का स प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र मार्फत जानकारी गराइएको छ।
साथै यस नदीमा कल-कारखाना, ढल निकास लगायतका दुषित पानीहरु बग्ने भएकोले नदीको पानी दुर्गन्धीत तथा हाल पूजा गर्न नसक्ने अवस्था रहेको छ । छठपर्वमा आस्था राख्ने वर्तालुहरुले २ दिन निर्जलावर्तं वसि छठ घाटमा गएर पूजा गर्नुको साथसाथै पर्वको एकदिन पहिला देखी नै नदीमा स्थानध्यान तथा पूजाका विभिन्न कार्यक्रमहरु नदीको पानीले गर्नु पर्ने भएकोले विगतको वर्षहरुमा १५ दिन अगाडिदेखि नदी सरसफाईमा कडाई हुदै आएको ज्ञापन पत्र मार्फत पर्सा का प्रमुख जिल्ला अधिकारी लाइ जानकारी गराएको छ

यस नदीको पानी दुषित तथा दुर्गन्धीत रहेकोले पूजा गर्न सार्है कष्टकर, अस्भाविक भएकोले पूजाआजा तथा घाट व्यवस्थापनमा समस्या भएकोले केही दिनका लागि उक्त नदीमा दुषित तथा दुर्गन्धीत पानीको बहाव रोक्न आवश्यक कार्यको लागि सोनार युवा अभियानका अध्यक्ष सरार्फले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेललाइ ज्ञापन पत्र बुझाउदै आग्रह गरेका छन।







