वीरगंज ।
पर्सा जिल्लाको जिराभवानी गा. पा. वार्ड नं. २ सेड़वा चमार बस्ती निवासी उमेश महरा चमारको घरमा आगलगी भई सम्पूर्ण धनमाल जेलर नष्ट भएको खबर सुनेर समाजिक अभियन्ता प्रकाश थारूले १८ गते बिहीबार लक्ष्मी पूजाको दिन पनि निज पीड़ितहरूको घरमा पुगेर दाल, चामल, खानेतेल, पूजा सामग्री लगायत सामानहरू साहयोग गरेका छन।

आजपनि हिन्दूहरूको महत्वपूर्ण पर्ब छठको पहिलो दिन हेल्प मधेशी मलेसिया शाखा मलाका दलान को पूर्ण आर्थिक सह्योगमा हेल्प मधेशी मलेशिया शाखा मलाका दलानकाे अध्यक्ष विजय कुमार राउत संग समन्वय ग़री प्रकाश थारु फाउंडेशनको सहकार्यमा कपड़ालाता त्रिपाल ,खाद्यान्न, छठ पूजामा प्रयोग हुने सामग्री तथा नगद लगायत पन्ध्र हजार बराबरको निजको घरमा पुगी एक कार्यक्रम गरी सहयोग गरिएको अभियन्ता थारुले जानकारी गराउनु भयो।
यस कार्यक्रममा हेल्प मधेशी नेपालका पर्सा जिल्ला संयाेजक ई. राजेश यादव,बॉडर आउट पोस्ट महादेवपट्टीको प्रमुख स. प्र. नि. केदार राई, समाजिक अभियन्ता तथा प्रकाश थारु फॉउंडेशन का संस्थापक अध्यक्ष प्रकाश थारू ,स्थानिय बुद्धिजिबी रामशरण खवास थारु तथा स्थानीय पत्रकार ओम प्रकाश चौधरी लगायतको उपस्थिति रहेको थियो






