Categories समाचार

चोरीको मोटरसाइकल सहित मुखिया पक्राउ

Advertisement

वीरगंज । पर्सा प्रहरीले चोरीको मोटरसाइकल सहित मुखियालाई पक्राउ गरेको छ ।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने वर्ष २० का रोशन साहको नाममा दर्ता रहेको चेसिस नं.MD634KE63A2A16270, ईन्जिन नं.OE6AA2016287 भएको ना.४८प ५१०९ नम्बरको १८० सि.सि.को सेतो अपाचे मोटरसाईकल  यहि महिनाको १९ गते  चोरी भएको थियो ।

Advertisement

दिउसो २ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.५  गणेशमान चोकको छेउमा पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको पिडितले प्रहरीमा जानकारी गराएका थिए ।

Advertisement

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति ०७।२० गते साझ ४;३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी चोकबाट यस कार्यालयबाट खटिएको टोलीले उल्लेखित मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारेको थियो ।

मोटरसाइकल बरामद गरी चोरीमा संलग्न जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.५ बस्ने वर्ष २५ का सोनालाल मुखियालाई चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *