Categories समाचार स्वास्थ्य

पर्सामा लागु औषध गाँजा सहित ६० वर्षीय महतो पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित ६० वर्षीय महतोलाई पक्राउ गरेको छ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा हिजो अंन्दाजी साझ ४ बजे जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.४ स्थित सडकखण्डमा महत्तो पक्राउ परेका हुन ।

Advertisement

प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले कालो प्लाष्टिकको झोला हातमा लिई शंकास्पद रूपमा पैदल हिंडिरहेका जिल्ला पर्सा छिपहरमाई गाउपालिका वडा नं.२ का ६० वर्षिय रामचन्द्र महत्तोलाई रोकी खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोलामा लागु औषध गाँजा १ किलो फेला परेकोले उक्त लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *