Categories Uncategorized धर्म/संस्कृति समाचार

तराई मधेशमा : उगी हे सुरुज देव !

पर्सा । आस्था श्रद्धा निष्ठ र सद्भावको महापर्व छठपर्व व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएसंगै छठ पर्वको समापन हुने छ । तराई मधेश लगायत विभिन्न छठ घाटमा आज विहान व्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व यस वर्षको लागी सम्पन्न हुने छ।

चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन उदाउदो सुर्यलाई अर्घ दिने चलन रहेको छ ।

Advertisement

नदि, नहर तलाव तथा पाेखरीमा घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्ने गरेका छन् । सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने भएकोले छठ पर्व मनाउने चलन जनविश्वासमा रहेको छ । यो सद्भावको पर्व पनि हो । अर्घमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने गरिन्छ ।

Advertisement

सूर्यलाई दिइने अर्घमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । नदि, नहर तलाव तथा पाेखरीमा घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्ने गरेका छन ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल  सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ । यो सद्भावको पर्व पनि हो । तराई देखि पहाड सम्म लोकप्रिय बन्दै गएको छठपर्व उदाउदो सूर्यदेवको अर्घ्य दिएसंगै हर्षोउल्लासका साथ सम्पन्नता हुनेछ ।

अहिले बिहान छठ घाटमा “कोषी” भरिए संगै निराहार व्रत बसेका व्रतालुहरू सुर्यको प्रतिंक्षा गरिरहनुभएको छ। उदाउदो सुर्यलाई अर्घ दिए पछि मात्र पर्वको समापन हुने र अन्न जल ग्रहण गर्न पाईनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *