काठमान्डौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र ईन्धनको मूल्यमा वृध्दि गरेको छ । २०७८ कार्तिक २४ गते बुधवार रातीको १२ बजे देखि लागु हुने गरी खाना पकाउने ग्यास र ईन्धनको मुल्य बढाईएको छ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाको दरले मुल्य वृध्दि गरेको छ भने पेट्रोल, डिजेल, मट्टितेलमा ३–३ रुपैया प्रतिलिटर मुल्य वृध्दि गरेको साथै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ५ रुपैयाको दरले मुल्य वृध्दि गरेको छ ।

मुलय वृध्दि संगै अब खाना पकाउने ग्याँस प्रति सिलिण्डर १ हजार ५ सय ७५ रुपैया , पेट्रोल १ सय ३६ रुपैया, डिजल १ सय १९ रुपैया मट्टितेल १ सय १९ रुपैया र आन्तरिक हवाई ईन्धन १ सय १ रुपैया प्रतिलिटर भएको छ ।






