वीरगंज । आदर्श फिल्म प्रोडक्शनको उद्घाटन समारोह सम्पन्न गरिएको छ।
वीरगंज वडा नम्बर ८ रेल्वे रोडमा संचालनमा ल्याइएको आदर्श फिल्म प्रोडक्शन हिजो एक कार्यक्रम आयोजना गरी विधिवत रुपमा उद्घाटन गरिएको हो ।
संचालक सूर्या सिंहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ८ का अध्यक्ष राजकिशोर गुप्ता , भी आई पी अतिथि रिदम म्यूजिक एकेड्मीका संचालक तथा गायक रंजित पाण्डे, विशिष्ट अतिथि बिटु दाश, सेर्या दुलाल, झुना राजा र अतिथि सोमिया पोख्रेल, पुजा भट्टराई, सरोजा शर्मा ,मनदाकनी रहनु भएको थियो ।

कार्यक्रममा आफ्नो मंतव्य राख्ने वक्ताहरूले यँहा कुनै फिल्म प्रोडक्शन हाउस न हुदा स्थानीय कलाकारलाई बाहिर जानु पर्ने बाध्यता रहेको र बाहिर जादा पैसा बढि लाग्ने, ठगिने, समय खर्चिने जस्ता समस्या अब समाधान हुने आफुहरू विश्वस्त रहेको बताउनुका साथै अब आफ्नै शहरमा यस्ता कार्यहरू संचालनमा आएपछि हरेक हिसाबले नँया कलाकारलाइ सहज हुने र मन भए पनी आर्थिक अवस्थाका कारण बाहिर जान नसक्नेहरूलाई बिशेष लाभ पुग्ने समेत बताउनु भएको थियो ।

नँया कलाकारहरू लाई प्रशिक्षण दिने र मनोबल बढाउने उदेश्यले खोलिएको यस प्रोडक्शनको उद्घाटन कार्यक्रममा भारतका निर्माता, निर्देशक, कलाकार तथा स्थानीय गायक, कलाकार ,टिकटक स्टार लगायतको उपस्थिति रहेको थियो ।







