रामजी यादव
पर्सा । बिन्दवासनी गाँउपालिका वडा नं.३ को सानो झौवामा अवस्थित नव निर्मित धर्मशालाको प्रदेश सभा सदस्य मान्निय पहल्लाद गिरीले एक कार्यक्रमका बिच उद्घाटन गरि समपन्न भएको छ।
बिन्दवासनी गाँउपालिका वडानं. ३ को सानो झौवामा अवस्थित रहेको शिव-पार्बती मंदिरको नव निर्मित धर्मशाला प्रदेश सभा सदस्य मान्निय गिरीको संस्दिय कोषबाट १७ लाखको लागतमा निर्माण पुरा भएको हो ।

पर्सा क्षेत्र नं.३(ख) प्रदेश सभा सदस्य मान्निय गिरीले आउने दिनमा आफ्नो कोषबाट दुई तल्ला भवन थप गर्ने ,सर्बसाधारण जनताको लागि पानी पिउने चापाकल,सिचाई, बोरिङग, शिक्षा,अस्पताल लगायत समस्या प्रति ध्यान राखि बिकास गर्ने प्रतिबद्धता गर्नु भयो । आफ्नो क्षेत्रको जनताको लागि अहोरात खटि सुख, दु:खमा साथ दिई समस्या समाधान गरिने बाच्चा गर्नु भयो।
सो नव-निर्मित धर्मशाला उद्घाटन जग्गा दाता लक्ष्मी चौरसियाको सभापतित्वमा भएको तथा प्रमुख अतिथी प्रक्षेत्र नं.३ (ख)को प्रदेश सभा सदस्य गिरी, लो.स.पाका नेता निजामुद्दीन समानी,प्रमोद तिवारी,मुस्तकिम अंसारी ,नवल पटेल,हनिफ अंसारी,रामचन्द्र चौरसिया ,जयप्रकाश चौरसिया,बिरेन्द्र पंडीत लगायतको सहभागिता रहेको थियो।






