Rato Pana
समाचार

प्रचण्ड अस्पतालमा भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालका अनुसार रक्तचाप बढेपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको हो । अहिले उहाँको अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ जनाइएको छ ।

फेसबुकमा लेखेकी छन,’कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो।अहिले अबश्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केहि घण्टा आराम गराई डिस्चार्ज गरिने छ।’

सम्वन्धित समाचार

Leave a Comment