Rato Pana
हाइलाइट-समाचार

अपडेटः रौतहट कार दुर्घटनाका मृतक चार जनाकै सनाखत

Advertise:
Advertise:
Advertise:

रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।  चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत  झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो । युके १२ सि २९०० नम्बरको भारतीय कार दुर्घटनामा मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । 

कार तीव्र गतिको कारण अनियन्त्रित भई  सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलीले तत्काल कारको सिसा फुटालेर ४ जनालाई निकाली उपचारको लागि जिल्ला अस्पताल गौरमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए । 

मृतक चारै जनाको खल्तीमा भेटिएको आइडी कार्डको आधारमा उनीहरुको भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित पताही थाना वेतौना ठेगाना भएको खुलेको थियो ।  पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको भएको एसपी घिमिरेले जानकारी दिए । 

उनीहरु रौतहटको  देवाही गोनाही नगरपालिका  ४ स्थित आफन्त नरेश साहको घरमा छठको प्रसाद पुर्याउन आएर भारत फर्किँदै थिए ।  संभार – रातोपाटी

Advertise: Advertise:

Related posts

Leave a Comment