दाङ : रोल्पामा आइतबार बिहान ११ बजेतिर जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । थप तीनजना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको छ। दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रोल्पा प्रहरी प्रमुख डीएसपी नरेशराज सुबेदीले मृतकको पहिचान भइनसकेको जानकारी दिए। जीपमा ६ जना यात्रु भएको हुनसक्ने सुबेदीले जानकारी दिए। उनका अनुसार प्रहरीले दुर्घटनास्थलमा खोजी कार्य जारी राखेको छ ।
माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन।







