Categories अर्थ

सुन चाँदीको मूल्य घट्यो ।

काठमाडौं : नेपाली बजारमा आज छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुन ३ सयले घटेर ९४ हजार ३०० मा कारोबार भइरहेको छ। आइतबार छापावाल सुनको मूल्य ९४ हजार ६ सयमा कारोबार भएको थियो।

नेपाली सुन चाँदी व्यवसायी महांघले जनाए अनुसार सोमबार तेजाबी सुनको मूल्य ९३ हजार ८०० तोकिएको छ। आइतबार तेजावी सुनको प्रतितोला ९४ हजार १०० मा कारोबार भएको थियो।

Advertisement

यस्तै, आज चाँदीमा पनि सामान्य गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला १ हजार २८० मा कारोबार भइरहेको छ। आइतबार चाँदी १ हजार २९५ कायम गरिएको थियो। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *