वीरगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत पर्साको तिलावे नदीमा निर्माणाधीन पुलको निर्माण कार्य आज देखि सुचारु गरिने भएको छ ।
३ वर्षमा पुला पुरा गर्नु पर्ने ठेकापट्टा भएपनी ६ वर्ष सम्म पुल नबन्दा दैनिक जसो पुलमा सवारीसाधनको जाम लाग्दा सर्वसधारणलाई अप्ठ्यारो भएपछि स्थानीय युवाहरूले पुल निर्माण दबाब समुह बनाएर नियमित दबाब दिएपछि आइतबार हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालय, वीरगञ्जका प्रमुख र निर्माणको जिम्मेवारी लिएको पप्पु कन्ट्रक्सन र लुम्बिनी जेभीका प्रतिनिधिको सहभागितामा बसेको बैठकले आगामी ३ दिनभित्र काम शुरु गर्ने सहमति बनाएको थियो तर काम आज बाट सुरु गरिएको हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालका प्रमुख दरोगा प्रसादले जानकारी दिए ।

पर्साको सदरमुकाम वीरगञ्जलाई ग्रामीण क्षेत्रसँग जोड्ने मुख्य मार्गमा रहेको सो पुल निर्माणमा भइरहेको ढिलाईले पर्साका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । मुख्य मार्गमा दैनिक घण्टौं जाम लाग्ने गरेको छ ।
विगतमा कोरोनाका महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी, निषेधाज्ञा र बर्षाका कारण ढिलाई भएको कामलाई अब गति दिने निर्णय योजना प्रमुखको अध्यक्षता बसेको बैठकले गरेको हो ।

हिजो बसेको बैठकमा निर्माण कम्पनी द्वारा चैत्र मसान्तसम्म पुरा गर्ने भनिएको छ तर कुनै पनी बहानामा पुल निर्माण हुन सकेन र ग्रामीण भेगका जन्ताले दुख भोग्ने अवस्था सृजना भयो भने क्रमबद्ध आनदोलन गर्ने दबाब समुहका राकेश यादवले बताउनु भयो ।






