वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याउदै गरेको हार्डवेयर पार्टस र औषधी बरामद गरेको छ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा हिजो करिब ६:३० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र लिंकरोड स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा हार्डवेयर पार्टस र औषधी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको हार्डवेयर पार्टस र औषधी करिब रू.३,०४,७००।-( तिन लाख चार हजार सात सय ) मुल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सम्पूर्ण नियन्त्रणमा लिएको समान मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको समेत प्रहरीले जनाएको छ ।







