Categories समाचार

बसले ठक्कर दिँदा पठाओ सवार दुई जनाको मृत्यु ।

Advertisement

काठमाडौं । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको पठाओ स्कुटरलाई ओम जनता यातायातको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त दुर्घटनामा पठाओ स्कुटरचालक अन्दाजी ३५ वर्षीय रामबहादुर आचार्य र ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार मंगलबार साँझ ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले डक्टर दिँदा स्कुटरचालक र यात्रु दुवै जना घाइते भएका थिए ।

Advertisement

उनीहरु दुवैजनालाई उपचारका लागि बयोधा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा दुवैको मुत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ । अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *