Categories समाचार स्वास्थ्य

मुलुकभर थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

Advertisement

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५०५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ८४६ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा १७० जना कोरोनामुक्त भए, ४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ७० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १४९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख २२ हजार ९४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *