Categories समाचार

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादव बर्खास्त

Advertisement

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीलाई दिने भनेर यसअघि नै यादवालाई राजीनामा दिन भनिए पनि नदिएपछि मंगलबार मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा यादव बर्खास्त भएका हुन् ।

Advertisement

मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका छन् ।मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मुख्यमन्त्री राउतले मन्त्री रायको राजीनामा माग गरेका थिए ।

Advertisement

स्रोतका अनुसार पदमुक्त भएका यादवको ठाउँमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो नियुक्त हुँदैछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *