पर्सा । हिन्दु समाज पर्सा सहित विभिन्न हिन्दुवादी संगठनहरुले बीरगन्जमा बृहत -याली सहित विरोध प्रदर्शन गरेका छन् ।

छठ पर्वको दिन धनुषा, बारा सहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । हिन्दु समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले वीरगञ्जको लालबंगलाबाट विरोध -याली निकालेका हुन् ।
र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका थिए । घण्टाघर हुँदै, माइस्थान, आदर्शनगर, विर्ता छपकैया पुगेर पुनः लालबंलामा आई कोणसभामा परिणत भएको थियो ।

विरोध सभामा हिन्दु परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलसहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो






