अमित अग्रवाल
वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महत्तोले न्यायलयलाइ असफल हुनबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
वीरगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महत्तोले न्यायलय असफल भए देश पनि असफल हुने भएकाले प्रधानन्यायधीश जबराले पदबाट राजनीनामा दिनु पर्ने बताउनु भएको हो ।
देशभरका कानुन व्यवसायीहरु र सर्वोच्च अदालतका न्यायधिशहरु जबराको विरोधमा आन्दोलनमा रहेको भन्दै महत्तोले सवोच्च अदालत धेरै दिन देखि ठप्प हुदा जनता न्याय पाउनबाट बन्चित भएकाले यस्तो अवस्थामा अदालतलाइ बन्दी बनाएर राख्नु उचित नहुने भएकाले प्रधानन्यायधिश जबराले अविलम्ब राजीनामा दिएर न्यायलय र देशलाइ असफल हुनबाट जोगाउनु पर्ने बताउनुभयो । न्यायलय प्रति जनताको भरोसा टुटे देश पनि असफल हुने खतरा रहेको उहाको भनाइ थियो ।न्यायलय सेटिङमा चलिरहेको र त्यसको प्रमुख जिम्मेवार प्रधानन्यायधिश जबरा नै भएको भन्दै लोसपाका नेता महत्तोले जबराले सेटिङमै फैसला गर्दै आएका कारण नै कानुन व्यवसायी र न्यायधिशहरुले जबराको राजीनामा मागेको बताउनुभयो ।

त्यसैले अब पनि न्यायलयको गरिमा र साख बचाउनु छ भने प्रधानन्यायधिश जबराले अविलम्ब राजीनामा दिएर निकास दिनु पर्ने महत्तोको भनाइ थियो । महत्तोले काँग्रेस , एमाले र माओवादीले पनि सेटिङमा न्यायलयलाइ चलाइरहेको आरोप पनि लगाउनुभयो ।फरक प्रसङगमा नेता महत्तोले काँग्रेस र कम्युनिष्टहरुले एकल जातीय सोच र चिन्तनबाट देशको शासन सत्ता चलाउनु नै मुलुकमा अहिले देखिएको समस्याको जड भएको बताउनुभयो ।नेपाल बहुल राष्ट्रिय राज्य भएकाले जब सम्म बहुलराष्ट्र राज्यको रुपमा शासन र संविधान चल्दैन तब सम्म देशमा अहिलेका जस्ता समस्याहरु आइ नै रहने महत्तोको भनाइ थियो । नेता महत्तोले मधेसी , दलित , सिमान्तकृत समुदायको अधिकार र पहिचानको लडाइ अहिले पनि आफुले लडिरहेको भन्दै अबको आन्दोलन भने सिंहदरबार केन्द्रित हुने चेतावनी पनि दिनुभयो ।
लोसपा पर्सा जिल्ला संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ नेता लक्ष्मणलालकर्ण , प्रेम बाबू पटेल, मुकेश द्ववेदी, उमेश लाल शहनी, शिव पटेल, मुस्तकिम अंसारी, ओम प्रकाश सर्राफ , नेताहरु निजामुदिन समानी , रमेश पटेल, प्रलहाद गिरी लगायतको उपस्थिती रहेकाे थियो ।






