Categories समाचार

नेपाल बन्द गराउने विप्लवका कार्यकर्ता धमाधम पक्राउ,
पर्सामा बन्दको प्रभाव न्यून ।

दमौली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।

Advertisement

आज बन्दको प्रभाव पर्सामा अांसिक परेको देखिएको छ । लामो दुरीको सवारी साधान चलेको छैन भने सानो सवारी सडकमा गुडेका छन् । बिहान संचालन हुने बिध्यालयहरु केहि संचालनमा रहेको भएपनि दिउँसो संचालन हुने बिध्यालयहरु बन्द भएको भेटिएको छ । सरकारी कार्यालयहरु १० बजे बाट खोलेका छन भने निजी बैक, बित्तीय संस्थाहरु, अन्य निजी कार्यालय तथा पसलहरु आधा ढोका खोलेर संचालित रहेका छन् । बन्द सफल पार्न हिजो वीरगञ्जमा मसाल जुलुस प्रदर्शन भएको थियो । पर्साको ग्रामिण क्षेत्रमा भने सवारी साधानहरु निर्वाधरुपमा संचालनमा रहेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *