Categories समाचार

पर्साका द्विवेदी सहित ८ जना एसपीहरुको एसएसपीमा बढुवा

Advertisement

वीरगञ्ज। पर्सा जिल्लाको वीरगञ्ज वडा नम्बर २४ बहुअरी निवासी अनुराग कुमार द्विवेदी सहित नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । 

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।

Advertisement

विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।

Advertisement

२०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली भए पनि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको थिएन । ६ महिनादेखि खाली रहेको पदमा बढुवा नगरेर डीआईजी थप्न चलखेल गरेपछि त्यसबारे आलोचन हुँदै आएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *