Categories राजनीति

लो स पा नेपाल द्वारा बृहत पार्टी प्रबेश कार्यक्रम ।

Advertisement

रामजी यादव

पर्सा । लोकतांत्रिक समाजबादी पार्टी नेपालको बिन्दवासनी गाउँपालिका वडा नं. १ गर्दौलमा आयोजना भाएको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहनु भाएका पूर्व मंत्री राजेन्द्र महतोले मधेशी दलित जनजाती आदीबाशीको लागि लोकतान्त्रिक समाजबादी पार्टीले मधेशीको हक अधिकार सुनिश्चित गर्ने हाम्रो पार्टी रहेको बताउनु भयो।

Advertisement

लोकतान्त्रिक समाजबादी पार्टी नेपाल बिन्दवासनी गाउँपालिकाको आयोजनामा बृहत पार्टी प्रबेश कार्यक्रम हिजो समपन्न भाएको हो। बिन्दवासनी गाउँपालिका वडा न १ गर्दौल निवासी शिक्षक प्रमोद तिवारी बाबा र उनका समर्थकहरु बिभिन्न पाटी प्रत्याग गरि लोकत्रांत्रिक समाजबादी पाटी नेपालमा पार्टी प्रबेश गरि कार्यक्रम समपन्न भएको हो।

Advertisement

बिन्दवासनी गाउँपालिका वडा नं. १ गर्दौलका शिक्षक पेशामा आबद्ध प्रमोद तिवारी बाबा सहित सयौ संख्यामा उनका समर्थकहरुले लोकतांत्रिक समाजबादी पाटी नेपालमा एक कार्यक्रमका बिच बृहत पाटी प्रबेश गरेका हुन।

लोकतांत्रिक समाजबादी पार्टी नेपालका अध्यक्ष तथा  पूर्व उप-प्रधानमंत्री राजेन्द्र महतोको प्रमुख आतिथ्यमा बृहत पार्टी प्रबेश कार्यक्रम  समपन्न भएको हो । मधेशमा कहिले भेद नगरी मधेशको अधिकार दिलाउने एक मात्र पार्टी लोकतांत्रिक समाजबादी पार्टी भएको बिभिन्न बक्ताहरुले टिप्नी गरेका थिए।

लोकतांत्रिक समाजबादी पार्टी नेपालमा प्रबेश गरेकाहरुलाई अध्यक्ष राजेन्द्र महतोले फुल माला लगाई स्वागत गरेका थिए।  सो कार्यक्रममा बिशिष्ट अतिथी पुरुषोत्तम झाँ,,अतिथी अनील झाँ,लक्ष्मणलाल कर्ण,जितेन्द्र सोनल,पहल्लाद गिरी,रमेश पटेल,शिव पटेल,निजामुद्दीन समानी,राजेशमान सिंह ,रमतुल्लाह खाँ,मुस्तकिम अंसारी,रम्भा मिश्रा,मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव, रेखा यादव,मालती कुश्वाहा, सुमीत गिरी,जोगीन्द्र दास,शशी पंडीत लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बिरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *