Categories राजनीति

नेपाल परिवार दल पर्साको अधिवेशन सम्पन्न

Advertisement

वीरगंज ।
नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साको अधिवेशन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

ओम होटल एण्ड पार्टी प्यालेस वीरगंजमा भएको अधिवेशनमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश कुर्मीले गरिब, दलित, सिमान्तकृत समुदायको बृति विकासको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement

सो अवसरमा प्रदेशसभा सदस्य कुर्मीले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सर्वसहम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव समेत दिएका थिए ।
अधिवेशनको बन्दशत्रले पुनः पल्टन पटेलकै अध्यक्षतमा नयाँ कार्य समिति चयन भएको छ ।

Advertisement

जसको उपाध्यक्षमा सुबा यादव, सचिवमा दुधनाथ चौहान, कोषाध्यक्षमा बलीस्टर पटेल त्यसैगरी सदस्यहरुमा दिलीप मण्डल, सुदिश पटेल, जनक राउत, सिनोध राय, बिरेन्द्र साह चयन हुनु भएको जनाईएको छ ।

सो कार्यक्रमको स्वागत केन्द्रिय सदस्य रामचन्द्र चौधरी र डोमाई साह सोनारले गर्नु भएको समाचारमा जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *