Categories समाज

पर्सा प्रहरी द्वारा अवैध गाँजा खेती नस्ट ।

बीरगंज । पर्सा प्रहरीले पर्साको ठोरीमा लगाईएको अबैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्किको नेतृत्वमा गएको टोलीले ठोरी गाउँपालिका-३ र ४ टोलस्थित करिब ११ विगहा क्षेत्रफलमा लगाइएको गाँजा खेती आज नष्ट गरेको छ ।

Advertisement

ठूलो परिमाणमा लगाइएको गाँजाखेती नष्ट गरिएपनि कसले गाँजा खेती गरेको हो भन्ने प्रमाणित नभएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ०७८।०७।२९ गते बिहान ०९:३० बजेदेखि साझ १७:३० बजे सम्म जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको टोलीले एघार (११) बिघा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू अं.२,२०,०००।–फडानी गरी नष्ट हो ।

Advertisement

साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *