Categories राजनीति

मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा अनियमितता

Advertisement

जनकपुरधाम : प्रदेश २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा छोरीहरूलाई दिन खरिद गरिएको साइकलमा अनियमितता भएको छ। प्रदेश २ को मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकलमा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको हो।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरणको लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो। अख्तियारको टोलीले साइकल खरिदको फाइल नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गर्दा अनियमितता देखिएको बर्दिबासका अख्तियार प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

Advertisement

सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमा प्रारम्भिक अनुसन्धनको क्रममा अनियमितता भएको देखिएको बताए। उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यस चरणलाई सकाएर दोश्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ। त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरेर विस्तृतमा अनुसन्धान अगाडि बढदै छ, अहिलेलाई यति मात्र बुझ्नुस् कि साइकल खरिदको प्रक्रियामा अनियमितता छ, बाँकी धेरै कुरा खुलाउन मिल्दैन, अनुसन्धानपछि बिस्तृत कुराहरु आउँछ।’

Advertisement

सापकोटाले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए। सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा उनले भने, ‘विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्छ, हामी सक्दो चाडो अनुसन्धान गरेर सकाउँछौं।’ उनले खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परीक्षण भइरहेको र यसमा पनि अनियमितता देखिए कारवाही प्रक्रिया अगाडि बढाइने बताए। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *