Categories समाचार

गण्डक नहरबाट नेपालले पानी लिन छोडयो ।

पर्सा । माग भन्दा बढी परिमाणमा पानी भएपछि गण्डक नहरबाट नेपालले पानी लिन छोडेको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाका अनुसार, अक्टोबर २५ तारिक अर्थात कात्तिक ८ गते देखि नै देखि गण्डक नहरमा पानी आउन बन्द भएको हो ।

Advertisement

नेपालका किसानबाटै गण्डक नहरमा पानी बन्द गर्न माग आएपछि भारतीय पक्षलाई पत्राचार गरी नहरमा पानी बन्द गरिदिन आग्रह गरेको भन्दै कुशवाहाले त्यसपछि भारतले अक्टोबर २५ तारिक देखि नहरमा पानी बन्द गरेको बताउनुभयो ।

Advertisement

यस वर्ष मनसुन बढी सक्रिय भएको तथा धेरै ठाउँमा धान बाली भित्र्याउने समय भइसकेकाले पनि किसानबाटै नहरमा पानी बन्द गर्न माग आएको कुशवाहाले बताउनुभयो । नेपाल तर्फको गण्डक नहरको ब्लक नम्बर २, ८, ९ र १० का जल उपभोक्ता समितिहरूबाट नहरमा पानी बन्द गर्न लिखित रूपमा नै माग आएको कुशवाहाले बताउनुभयो ।

वर्षाले दुईपटक संरचनामा क्षति पुगे पनि गण्डक नहरमा पर्याप्त पानी आएको थियो ।यसवर्ष धानबालीको सिजनमा गण्डक नहरको ब्लक नम्बर १२ अर्थात् बारा जिल्लाको पूर्वी भेगसम्म पानी पुर्याइएको कुशवाहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *