Categories अर्थ समाचार

नक्कली नोट र नोट छाप्ने मेसिनसहित ५ जना पक्राउ ।

Advertisement

काठमाडौं । प्रहरीले नक्कली नोट र नोट छाप्ने मेसिनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना एकै परीवारका रहेका छन् भने अन्य २ जना अन्य परीवारका रहेका छन् ।

प्रहरीका अनुसार सुरुमा नक्कली नोट फेला परेको थियो । त्यसपछि अनुशन्धान गर्दै जाँदा उनीहरुको नक्कली नोट छाप्ने स्थान नै फेला परेको हो ।

Advertisement

सुरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर ६ नारायणटार बस्दै आएकी ५६ वर्षीया गोमा श्रेष्ठबाट नक्कली नोट फेला परेको थियो ।

Advertisement

उनीबाट नक्कली नोट फेला परेपछि सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा उनले उक्त नोत आफ्नो छोरी पुष्पाले दिएको वयान गरेकी थिइन् । त्यसपछि सोधखोज गर्दै जाँदा उनको घरमा ४१ वर्षीया छोरी पुष्पा थापामगर र पुष्पाकी २६ वर्षीया छोरा सोमरोज थापामगर नक्कली नोट छपाउने कार्यमा संलग्न भएको पाइएको थियो ।

त्यस्तै उनीहरुसँगै नोट छपाउने काममा संलग्न भएको आरोपमा पक्राउ पर्ने अन्य २ जनाहरुमा सिन्धुपाल्चोकको हेलम्बु(२ स्थायी घर भई बुढानिलकण्ठ-१० मिलनचोक बस्ने २३ वर्षीय चीरञ्जीवी जोती र १९ वर्षीय सुजन जोती रहेका छन् । उनीहरु पनि गोमाकै आफन्त भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट एक हजार दरका ३६ वटा नक्कली नोट, एक साइडमात्र प्रिन्ट गरिएको अवस्थाका एक हजार दरका २ सय ८ वटा नोट, एक साइडमात्र प्रिन्ट गरिएको पाँच सय दरका एक सय १२ वटा नोट बरामद भएको थियो। जनाएको छ ।

त्यस्तैगरी उनीहरुको घरबाट एक सय दरका ८ वटा सक्कली नोट, ५० सय दरका २१ हजार रुपैयाँ बराबरको सक्कली नोट, २० दरका १० हजार ६ सय रुपैयाँ बराबरको सक्कली नोट, १० दरका ५ हजार २ सय रुपैयाँ बराबरको सक्कली नोट र ५ रुपैयाँ दरका २ सय ८५ रुपैयाँ बराबरोको सक्कली नोट पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी बुढानिलकण्ठ(१० कपनस्थित सोमरोज थापाको कोठाबाट पनि एक सय दरका एक सय ३७ वटा नक्कली नोटसहित ‘ए फोर पेपर’ मा छापेर छुट्याउन बाँकी रहेको अवस्थाका एक सय दरकै नोटहरु पनि बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तैगरी प्रहरीले उक्त कोठाबाट एचपी कम्पनीको रङ्गीन प्रिन्टर प्रयोग हुने विभिन्न रङहरुसमेत बरामद गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *